२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:२४:४६

 

वर्षा सिवाकोटीको आग्रह ‘आज सजक भयौ भने भोलि सहज हुन्छ’

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,०३:२७:PM  
img-responsive

काठमाडौं, १९ वैशाख । करिब एक महिना अघिदेखि दोस्रो पटक नेपालमा कोरोना संक्रमणदर बढेको छ । शनिवार एकैदिन ५७ सय ६३ जना संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ । संक्रमण फैलन नदिन सरकारले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

नायिका वर्षा सिवाकोटीेले शनिवार सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर खाना खाएर घर भित्र बस्न सबैलाई आग्रह गरेकी छिन् । वर्षाले नियमित व्यायाम गरेर शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहन पनि सल्लाह दिएकी छिन् ।  सामान्य रुघालाई घरेलु उपचारबाट निको पार्न समेत नायिका सिवाकोटीले आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘ विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि द्रुत गतिमा बढ्दै गर्दा नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको सबैले पालना गरौँ  ।

घर भित्रै बसौँ, घरकै स्वास्थ्यकर खाना खाऔँ,  नियमित व्यायाम गरौँ, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहौँ। सामान्य रुघालाई घरमै घरेलु उपचारबाट निको पारौँ। नियमित रूपमा तातो पानी खाऔँ  ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु होला। निस्कनु परेमा मास्क तथा सेनिटाईजर प्रयोग गर्नुहोला। कुनै पनि शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरू भन्दा पर बस्नुहोला। स्वास्थ्य जटिल बन्दै गएमा मात्र अस्पताल जानुहोला भन्दै वर्षाले लेखेकी छिन्, ‘यो लकडाउनको समयलाई भार हैन आभार सम्झनुहोला ।’  “आज सजक भयौँ भने भोलि सहज हुन्छ ।“ (तस्वीरः वर्षा सिवाकोटीको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit