२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:२७:१८

 

भन्सार छली लुकाई ल्याएको कपडा बरामद

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,०३:११:PM  
img-responsive

सुनसरी, १९ वैशाख । भन्सार छली लुकाई ल्याएको कपडा प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका–१७ लबिपुरस्थित सडकमा सवारी साधन जाँच गर्नेक्रममा अवैध रूपमा भन्सार छली लुकाई ल्याएको १३ बोरामा रहेको करिब ६ लाख ३२ हजार ९ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा शुक्रवार साँझ प्रहरीले बरामद गरेको हो ।

को. १ ख ४२७५ नम्बरको बसमा इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसभित्र लुकाई ल्याएको उक्त कपडा फेला पारी बरामद गरेको हो । कपडाधनीको खोजी भइरहेको जनाएको छ ।

बरामद कपडा आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit