२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:०७:२३

 

बेष्ट फाइनान्सको साधारण सभा स्थगित

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १९, आइतबार ,०१:४४:PM  
img-responsive

काठमाडौं, १९ बैशाख । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बैशाख ३१ गते बोलाएको साधारण सभा स्थगित गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आज उपत्यकामा जारी निषेधाज्ञाको कारण अर्को सूचना नआएसम्मको लागि सभा स्थगित गरेको जानकारी दिएको हो ।

कम्पनीले सभा प्रयोजनार्थ बैशाख १९ (आज) एकदिन बुक क्लोज गर्ने मिति भने यथावत् राखेको जनाएको छ । कम्पनीले आज गरेको बुक क्लोजको आधारमा बैशाख १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र आगामी हुने सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit