२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:५०:४९

 

नबिल बैंक र युनाइटेड फाइनान्सबीच सम्झौता

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १८, शनिबार,१२:०८:PM  
img-responsive

काठमाडौं, १८ बैशाख । नबिल बैंकले युनाइटेड फाइनान्ससँग सम्झौता गरेको छ । बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको बैंकले जनाएको छ ।

बैंकको अनुसार युनाइटेड फाइनान्स प्राप्तिपछि बैंकको सिईओ र सबै संचालक अहिलेकै कायम रहने समेत सम्झौता भएको हो । बैंक र युनाइटेड फाइनान्सको स्वापरेसियो १००ः३५ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit