२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:१९:२५

 

सरकारले नागरिक प्रतिको जिम्मेवारीबाट हात उठायो, "बिरामीलाई अस्पतालमा राखेर हेरचाह गर्न र शय्या उपलब्ध गराउन नसकिने"- स्वास्थ्य मन्त्रालय

गोठालो खबर
गोठालो खबर -३ २०७८ वैशाख १७, शुक्रबार,१०:०५:PM  
img-responsive

काठमाडौँ, १७ वैशाख। बिरामीलाई अस्पतालमा राखेर हेरचाह गर्न र अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आफै सजग रहन सर्वसाधारणमा अपिल गरेको छ । स्वास्थ्य जस्तो संवेदनशील, आधारभूत आवश्यकता र राज्यको दायित्व भित्र पर्ने यस्तो निकायले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेको भन्दै नागरिक प्रति गर्नु पर्ने जिम्मेवारीबाट सरकारले हात उठाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसंगै आफ्ना नागरिकको लागि जिम्मेवार अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने सरकारले आज विज्ञप्ति नै जारी गरेर सेवा तथा सुविधा दिन नसक्ने बरु, आफै सजक रहन नागरिकलाई अपिल गर्दै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । हरेक नागरिकको अन्तिम भरोसाको केन्द्र सरकार हुन्छ, जबसम्म नागरिक स्वास्थ्य र तन्दुरुस्त हुन्छन् उनैले आफ्नो परिश्रमको मूल्यबाट राज्यलाई कर तिरेर राज्य सञ्चालन भएको हुन्छ तर उनै नागरिकहरू अप्ठ्यारोमा भएको बेला राज्यलाई गुहार्न नमिल्ने गरी विज्ञप्ति नै जारी गरेर आफ्नो लागि आफै सजक हुन भन्दै अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्न भन्दै सार्वजनिक अपिल नै गर्नु जायज नहुने विज्ञहरूको भनाई रहेको छ । 

अपिलमा भनिएको छ, 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ, दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।' 

यो लगायत स्वास्थ्य मन्त्रालयले कुनै मार्गबाट देश विदेश जाने, आउने वा आन्तरिक, बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरू पूर्ण रूपमा नगर्नु, नगराउन, कुनै पनि सार्वजनिक स्थलहरूमा जाने, भिडभाड गर्ने कामहरू बन्द गर्न, गराउन समेत अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit