२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:२७:०१

 

सलमान खानको ‘सिटी मार’ले गर्‍यो हालसम्मकै रेकर्ड ब्रेक

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १७, शुक्रबार,०१:१४:PM  
img-responsive

एजेन्सी, १७ बैशाख । बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वांटेड भाइ’ को भर्खरै मात्र रिलिज भएको गीतको भिडियो डान्स नम्बर ‘सिटी मार’ ले हालसम्मकै रेकर्ड तोडेको छ । यो गीत वर्ष भरीको चार्टबस्टर बन्न सफल भएको छ । गीतको भिडियो निकै आकर्षक रहेको छ । जसमा सलमान खान र दिशा पटानीले आकर्षक नृत्य गरेका छन् ।

राधे फिल्मको यस गीतको भिडियोमा सम्भव हुने सम्मका पेप्पी डान्सको तरिका अपनाइएको जनाइएको छ । अत्यन्तै कठिन डान्सको स्टेप भएको यस भिडियोमा सलमानसँगै दिशा पटानीले पनि सहज तरिकाले नृत्य गरेकी छिन् ।

सलमा खान, सोहेल खान र रियल लाइफको प्रोडक्सनमा निर्माण भएको यस फिल्ममा सलमान खानसँगै दिशा पटानी, रणदीप हुड्डा, र जैकी श्राफको सशक्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit