२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:०१:०६

 

बलिउड कलाकार रणधीर कपुरलाई कोरोना संक्रमण

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १७, शुक्रबार,०१:०९:PM  
img-responsive

एजेन्सीे, १७ बैशाख । रणधीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि मुंबईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको वेबदुनियाले जनाएको छ ।

रणधीर कपुरले उनीसँगै पाँच जना कर्मचारी पनि संक्रमित भएको र उनीहरू सबैलाई सोही अस्पतालमा भर्ना गरेको बताएका छन् । ई टाइम्ससँग कुरा गर्दै रणधीरले आफूलाई कसरी संक्रमण भएको थाहा नभएको बताए । रणधीरले कोरोना भाइरसविरुद्वको खोप दुई डोज लगाएको पनि बताएका छन् । उनले आफूलाई चिसो लागेकोले कोरोना जाँच गरेको सञ्चारकर्मीलाई बताएका छन् । हाल उनलाई हल्का ज्वरो आएको छ ।

रणधीर कपुरसँगै छोरीहरू करीना कपुर, करिश्मा कपुर र श्रीमती बबीता कपुरलाई कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई श्रीमती बबिताले हेरचाह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit