२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:५६:२४

 

सिटिजन्स बैंकको रौतहटको गरुडामा नयाँ शाखा

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १७, शुक्रबार,१२:५९:PM  
img-responsive

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit