२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:२१:२९

 

सरकारले तोकेको शुल्कमा पीसीआर परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको आग्रह

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १४, मङ्गलबार,०३:२७:PM  
img-responsive

काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको भन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन आग्रह गरेको छ । तोकिएको भन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले आज एक सूचना जारी गर्दै बढी शुल्क नलिन आग्रह गरेको हो ।

सरकारले पीसीआर परीक्षणको लागि सरकारी प्रयोगशालाहरूमा १ हजार र निजी प्रयोगशालाहरूमा २ हजार रुपैयाँ निर्धारण गरेको छ । यदि लिइएको पाइएमा त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सुचीबाट हटाउने जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit