२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:०४:०२

 

त्रिविका सबै पुर्वनिर्धारीत परीक्षा स्थगित(सूचना सहित)

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख १३, साेमबार,०५:३५:PM  
img-responsive

काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयका पु्र्वनिर्धारित परीक्षाहरू स्थगित भएका छन् । आज सूचना जारी गर्दै  कोरोनाको कारण त्रिविका सम्पूर्ण वार्षिक र सेमेष्टरका परीक्षाहरू स्थगित गरेको हो । छ ।  

त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरू संचालित भइरहेको र संचालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड–१९ को दोस्रो लहरको प्रकोपको कारण देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा संचालन हुने भएकोले बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको व्यहावेरा सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit