२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:३३:१५

 

त्रिभुवन विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी

img-responsive
गोठालो खबर २०७७ साउन ६, मङ्गलबार,०८:५७:PM  
img-responsive


५ श्रावण, कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयमा  हिजोबाट अनिश्चितकालीन तालाबन्दी गरिएको छ। प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले  त्रिवि उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा एकसाथ तालबन्दी गरेका हुन् 


संघले गत आषाढ १९ गते उपकुलपतिसमक्ष सात दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको, यस अघि बैशाख २८ र जेठ १३ गते प्रेस विज्ञप्ती निकालेको, जेठ २५ गते ज्ञापन पत्र र आषाढ ४ गते विरोध पत्र बुझाएको भए पनि सुनुवाई नभएको विज्ञप्तीमा उल्लेख छ । 


संघका अध्यक्ष सहप्राध्यापक जगत तिमल्सिना र महासचिव सहप्राध्यापक राजेन्द्र गौतमले हस्ताक्षर गरी आषाढ १९ गते ३३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएकोमा सुनुवाई नभएको भन्दै तालाबन्दी गरेको संघले जनाएको छ ।  संघको अनिश्चितकालीन तालाबन्दीका कारण त्रिवि केन्द्रीय कार्यालयभित्र रहेका करिब डेढ दर्जन निकायहरुको सेवा प्रवाह प्रभावित भएको छ । 

ज्ञापनपत्र हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com