२०७८ वैशाख २९, बुधबार

img-responsive

१२:५६:४६

 

जसपा नेपाल ईलाम माई नगर समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न 

गोठालो खबर
गोठालो खबर २०७८ वैशाख ७, मङ्गलबार,११:५०:AM  
img-responsive

ईलाम सम्वाददाता,

ईलाम, ०७ वैशाख। जसपा नेपाल ईलाम माई नगर समितिद्वारा  समाजवादी पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम जसपा नेपालका केन्द्रीय सदस्य दलमर्दन कामी प्रमुख अतिथि रहेका थिए । पार्टीको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि दलमर्दन कामी, प्रेमदिप थाम्सुहाङले आयोजित कार्यक्रममा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिँदै कामीले भने, "हत्केलाले सूर्य छेकेर कहाँ छेकिन्छ र ? पहिचान अधिकारको यात्रा यथास्थिति वादीहरुले रोकेर कहाँ रोकिन्छ ? मानव समाजको विकासक्रम देखिनै आफ्नो सीप कला र सृजनाले सिङ्गो मानव समाजलाई सेवा र सुविधा पुर्याउदै अहिलेको विकसित युग सम्म शिल्पी समुदायले गरेको योगदान माथि अपमान गर्दै तथाकथित हिन्दु धर्मग्रन्थको आधारमा शूद्र अछुत दलित बनाएर मानव समाजमा कलंक बनाउने ब्राह्मणवादी सोचहरूको भण्डाफोर आजको आवश्यकता हो।  यसको समूल अन्त्य गरेर पूर्ण समानुपातिक समावेशिताको आधारमा सबैको अधिकार सुनिश्चित गर्ने एउटै मात्रै पार्टी जनता समाजवादी हो ।"

प्रशिक्षण कार्यक्रममा माओवादी पार्टी, काँग्रेस पार्टी परित्याग गरेर दिनेश राई, कुमार बि. क., सरस्वती बि. क. सुनिल गदाइली, बिमला राई, दीपक राई लगायतका दर्जनौँ कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनीहरूले विगतमा आफूहरू रहेको पार्टी एकात्मक ब्राह्मणवादी, जातिवादी तरिकाले चलेको र परिवर्तित समय अनुकूल चल्न नसकेको भन्दै पार्टी परित्याग गरेर जनता समाजवादी पार्टीमा आएको बताएका थिए ।

नव प्रबेशिहरुलाइ प्रमुख अतिथि कामिले खादा ओढाइ स्वागत गरेका थिए। सो कार्यक्रम ईलाम जिल्ला पार्टीको जसपा माईनगर सदस्य श्री राम राइले सञ्चालन गरेका थिए भने नगर उपाध्यक्ष श्री ठग बहादुर फागोले स्वागत मन्तव्य राखेका थिए ।

प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै गर्दा सुनिल गदाइलीको संयोजकत्वमा ९ सदस्यीय शिल्पी (दलित) विशेष माई नगर समिति गठन समेत गरेका छन्। नवगठित कार्यसमितिलाई शुभकामना दिँदै जसपा नेता कामिले शिल्पी समुदाय माथि अपमानित गर्दै जबरजस्त लगाइदिएको दलितको बिल्लालाई बाहुनवादी सोच र प्रवृतिहरुको प्रतिवाद गर्नु पर्ने बताएका थिए। आगामी दिनमा सब जाती समुदायको हक, अधिकार सुनिश्चित गर्न पूर्ण समानुपातिक प्रणालीका, जातीय विभेदका विरुद्धमा लाग्नु पर्ने बताए। जातीय विभेदको अन्त्य दलित बनाइएका शिल्पी समुदायको मात्रै नभएर सम्पूर्ण सचेत नेपाली नागरिकको दायित्व भएको र यसलाई आत्मसात् गरेर अगाडि बढ्नु पार्टीका सबै नेता कार्यकर्ता लाई आग्रह गरेका थिए । 

कार्यक्रम जसपा नेपाल ईलाम माई नगरपालिकाका अध्यक्ष टुपेन्द्र येक्तेनको अध्यक्षतामा वैशाख ६ गते नमुना समुदाय उपभोक्ता समुदायको सभा हलमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit