२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१२:०२

 

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख ६, साेमबार,११:२२:AM  
img-responsive

काठमाडौं, ६ बैशाख । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कुल तथा शैक्षिक संस्थाहरू बैशाख महिना भित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो । विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्न सकिनेछ ।

सरकारले संक्रमण नियन्त्रणको लागि जोखिमयुक्त प्रमुख शहरका स्कुल बन्द गरी अनलाइन मार्फत कक्षा संचालन गर्ने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धित सरोकारावालाहरुलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit