२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:११:१४

 

‘ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा प¥यो’

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख ३, शुक्रबार,०६:४२:PM  
img-responsive

काठमाडौं, ३ बैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता  सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्कृय पार्न खोजेको आरोप लगायका छन् ।

उनले भने ‘सरकार भएर पनि उसको अस्तित्व छ कि छैन? संसदलाई बिजनेस नदिँदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भईसक्यो।' 

साथै नेपाली काँग्रेसले अस्थीर राजनैतिक अवस्थाबाट निकास दिन पहल कदमी सुरु गरेको उहाँले स्पष्ट पारे । ‘ओलीले राजीनामा दिनु पर्छ । र काँग्रेसको नेतृत्वमा सरकार चाहिन्छ ।’ भन्दै उनँले भने, ‘आफ्नै पार्टीको अन्तर झगडाको कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाईसकेका छन् । ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन् ।’

नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको समेत बताउनु भयो । लोकतन्त्र जोगाउनको लागि आफूहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई भेटेरै  देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी समेत दिए ।

काँग्रेस कमजोर भएको मौकामा ओलीले देशलाई नै कम्जोर बनाएको भन्दै नेता सिंहले भने, ‘देशमा कम्युनिष्टहरु असफल भइसके, यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन, न त संविधान कार्यन्वयनमा नै सफल हुन सके ।’

फरक प्रसङ्गमा नेता सिंहले काँग्रेसमा सक्षम नेतृत्वको आवश्यकता भएको बताए । नेतृत्वको कारणले गर्दा काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाई छ । नेपाली काँग्रेसको सिद्धान्त, देशको आवश्यकता र परिस्थिति बुझेर कार्य गर्न सक्ने नेतृत्व १४ औँ महाधिबेशनबाट चुन्नु पर्ने उनले बताए ।

सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागी संघर्ष गर्ने काँग्रेसका पूर्व नेताहरुलाई स्मरण गर्दै अहिलेको नेतृत्वले उनीहरुबाट सिक्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit