२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:२०:४५

 

 दिल्लीमा कोरोना संक्रमण फैलिएपछि कर्फ्यु

गोठालो खबर
गोठालो खबर -१ २०७८ वैशाख २, बिहीबार,०४:५८:PM  
img-responsive

एजेन्सी । दिल्लीमा कोरोना संक्रमण २५ गुणाले बढेपछि सरकारले ‘विकेन्ड कर्फ्यु’ जारी गर्ने भएको छ । संक्रमण बढ्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज भोलिदेखि सोमबारसम्म कर्फ्यु लगाउने घोषणा गरेका हुन् ।

दिल्लीमा विकेन्ड कर्फ्यु शुक्रवार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागु गर्ने जनाइएको छ । दिल्ली सरकारले विकेन्ड कर्फ्युको क्रममा धेरै प्रतिबन्ध लगाएको छ ।

कर्फ्युको समयमा अत्यावश्यक सेवाहरू खुल्ने भएका छन् । विवाहको लागि पासको व्यवस्था गर्ने जनाएको छ । जिम, स्पा, आडिटोरियम बन्द हुने भएका छन् । त्यस्तै साप्ताहिक बजार एक क्षेत्रमा मात्र खुल्नेछ । रेष्टुरामा बसेर खान रोक लगाएको छ ।

यसैगरी, कर्फ्युको समयमा ट्रेन, हवाई यात्रुहरू र गाडी चालकहरुलाई भने छुट दिने भएको छ । हवाई यात्रुहरूले टिकट देखाएर यात्रा गर्न सक्नेछन् । त्यसैगरी दिल्ली सरकारले निजी डाक्टर नर्स र प्राइभेट स्टाफलाई पनि छुट दिने भएको छ । पत्रकार, राशन, किराना पसल, तरकारी, दुध, औषधी सम्बन्धी व्यवसायीहरूलाई पनि ई–पास मार्फत आवागमन गर्न अनुमति दिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit