२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४८:१६

 

आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ’: काँग्रेस नेता प्रकाशमान सिंह 

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत ३१, मङ्गलबार,०६:३०:PM  
img-responsive

काठमाडौं, ३१ चैत्र । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको औंल्याए ।

मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरूसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिनु पर्ने बताएका हुन् ।

उनले भन्नु भयो ‘जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निर्वाचन गराउन काँग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

उनले नेपाली काँग्रेसले पाएको जिम्मेवारी सधैँ पुरा गरेको र अहिले पनि पुरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलाई हटाउन काँग्रेस आफै अग्रसर भएको उनको दाबी छ ।

‘अहिलेको सरकारले न भ्रष्ट्राचार रोक्यो,न सुशासन कायम ग¥यो, न विकास निमार्णका कार्य ग¥यो,विकास बजेट सम्म पनि खर्च गर्न सकेन ।’ भन्दै उनले भने ‘राजनीतिमा नैतिकताको धेरै महत्त्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

काँग्रेसका लागी महाधिवेशन की सरकारको नेतृत्व महत्त्वपूर्ण रु भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने ‘हाम्रो लागी देश र जनता महत्त्वपूर्ण हुन । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौँ । महाधिवेशन पनि गर्छौ ।’

साथै उनले काँग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए । नेता सिंह नेपाली काँग्रेस  खैरहनि नगर समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन चितवन आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit