२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५१:२९

 

प्रधानमन्त्रीलाई संसदमा उपस्थित भई स्पष्टीकरण दिन नेता सिंहको चुनौती

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २९, आइतबार ,०१:२४:PM  
img-responsive

काठमाडौँ, २९ चैत्र । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । नेपाल दलित संघको आयोजनामा आज  काठमाडौँमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्‍यौ भनेर यो सरकारले जनतालाई झुक्याउने गरेको बताएका हुन् ।

नेता सिंहले असंवैधानिक कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रिया लाई कमजोर पार्ने संसदीय व्यवस्थाले नै गलत हो भनेर जनतामा स्थापित गराउन संसद्को उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रूपमा अघि बडेको समेत बताएका छन् । प्रधानमन्त्री लाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो  संसद बिघटन जायज हो भनेर स्पष्टीकरण दिन चुनौती समेत दिएका छन् ।

सिंहले विभिन्न बहाना बाजि गरेर संसद छल्न संसदको आवश्यकता नै छैन भन्दै  हिँडेको प्रति पनि कडा आपत्ति व्यक्त गर्दै  संसदमा उपस्थित हुन प्रधानमन्त्री लाई चुनौती समेत दिएका छन्  ।

उनले भने, ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभए को विकास भयो भनेर जनताको मत र विश्वास माथि खेलवाड गरी रहेको छ । साथै नेता सिंहले कम्युनिस्टहरूको मुखमा रामराम बगलीमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ थियो ।

देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले सधैँ देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निर्माण मा प्रयास गरेको भन्दै यो काँग्रेस को रहर नभै मुलुक लाई निकास दिन  बाध्यात्मक परिस्थिति आएको बताए ।

‘सरकार पूर्णतः असफल भइसक्यो,भ्रष्ट्राचार लिप्त छ । यस्तो  सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन ।’ उनले भने । साथै सन्त नेता  किसुनजिको सपना र योजना मा  मेलम्चीको पानी काठमाडौँमा ल्याउने प्रयास शुरुआत भयको कुरा दुनियाँ लाई थाहा छ भन्दै यो सरकारले किसुनजिलाई सम्मान गर्ने त कता हो कता ,ओलिले आफैले मेलम्ची काठमाडौँ ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताए ।

अब नयाँ सरकार गठन गरेर  मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई  निष्पक्ष चुनाव गराउने उनको भनाइ छ । साथै काँग्रेस पार्टीको केन्द्रीय कार्यसमिति को निर्णय एउटा हुन्छ जिम्मेवार नेताहरु पार्टी निर्णय भन्दा फरक आफूखुसी मनपरि कुरा गर्दै हिँड्नु अचम्म को अवस्था रहेको भन्दै  यसले जनता को नजर मा पाटि प्रति नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।  पाटिएको तोकिएको समयमा महाधिवेशन गराउन सबै लाग्नु पर्ने अवस्थामा अहिले पनि  महाधिवेशन लाई प्रभावित पार्ने विभिन्न बहाना बाजि  नियुक्ति पत्र वितरणले  विधि पद्धतिको उपहास भयको भन्दै इतिहासको कुरा गरेर मात्रै पाटि बलियो नहुने भन्दै वास्तविक धरातलमा उभिएर राजनीति गर्न समेत नेता कार्यकर्ता लाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit