२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५७:२९

 

नगरपालिकाले नगर बासीहरूलाई शुद्ध खानेपानी खुवाउनको लागि एक घरधुरी एक धारा योजना अघि सारेको नगरप्रमुख थापा क्षेत्रीको भनाइ

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७७ चैत २८, शनिबार,०४:४५:PM  
img-responsive

परासी, २८ चैत्र । सुनवल खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनवल नगरपालिकाको वडा नं. १ मा अवस्थित रहेको सुनवल खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको ८ औँ वार्षिक साधारण सभा आज  सुनवलमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री भरतको प्रमुख आतिथ्य भएको कार्यक्रममा बोल्दै नगरप्रमुख थापा क्षेत्रीले नगर बासीहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउनको निम्ति नगरले खानेपानीको क्षेत्र  विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गरेको बताए ।

उनले नगरभित्र रहेका खानेपानी संस्थाहरू समन्वयमा खानेपानीको सबै क्षेत्रका एकैनास महसुल दररेट गर्ने गरी योजना अगाडी सारेको बताए । नगरपालिकाले एक घरधुरी एक खानेपानीको धारा योजनाको साथ अगाडी बढेको थापा क्षेत्रीले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले अझै पनि दलित बस्तीहरू शुद्ध खानेपानी वञ्चित रहेको बताउँदै दलित बस्तीहरूमा शुद्ध खानेपानी पुर्‍याउन जरुरीको जोड दिएका थिए । उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशको १२ वटै जिल्लामा वास प्लान र एन वास कार्य योजना अगाडी बढाएको बताए ।

सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्यालले सुनवल नगरभित्र  नगर बासीहरूले अहिलेसम्म ३८ प्रतिशत शुद्ध खानेपानी पिउन पाएको भन्दै नगरपालिकाले नगरभित्रका सबै नगर बासीहरूलाई १०० प्रतिशत शुद्ध खानेपानी वितरण गर्ने गरी योजना अघि सारेको बताए ।

संस्थाले करिब १२० कि.मी.  र ४० देखी २५० एमएमका एचडिपी पाईप लाइन बिस्तार गरी उपभोक्तहरुलाई स्वच्छ खानेपानी सेवा दिँदै आएको अध्यक्ष खड्ग बस्नेतले जानकारी दिए । उनको अनुसार सुनवल नगरपालिकाको  वडा नं १,३,४,६ र १० मा जनताहरूलाई शुद्ध खाने पानीमा पहुँच पुर्‍याएको आएको बताउँदै  संस्थाले उत्पादन दैनिक १४ लाख लिटर उत्पादन गर्ने गरेको जम्मा वितरण दैनिक १३ लाख २० हजार वितरण गरिँदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit