२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:०३:५४

 

शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २८, शनिबार,०७:३४:AM  
img-responsive

काठमाडौं, २८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गराउन सिफारिस गरेको छ। कोरोना संक्रमण थप बढ्न सक्ने भन्दै  विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरको महामारी आएको र यो थप फैलन सक्ने संभावना रहेकाले सावधानी अपनाउन मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो। 

विद्यालयलगायत अन्य भीडभाड हुने क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेसलगायत बन्द गर्न मन्त्रालयले सिफारिस गरेको र यसबारेमा सीसीएमसीमा छलफल भएर टुंगो लाग्‍ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। अन्नपुर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit