२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४०:४८

 

आज २ सय ८८ संक्रमित थप

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०६:०२:PM  
img-responsive

काठमाडौं, २७ चैत्र । नेपालमा कोरोना भाइरसका आज २ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय २७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा  आजसम्म २३ लाख ६ हजार २ सय ४४ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit