२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:०२:१८

 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०३:०६:PM  
img-responsive

धादिङ, २७ चैत्र । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खनियावास गाउँपालिका–३ बस्ने ४१ वर्षीय घर्ती तामाङलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

२०५९ कात्तिक २९ गते खनियावास गाउँपालिका–३ केवरे देउरालीमा लागेको एकादशी मेला हेरी साँझ आफ्नो घरतर्फ फर्किन लागेको अवस्थामा कलङदुङ मूलबाटो देउरालीमा सोही ठाउँ बस्ने परशुराम तामाङलाई घर्ती समेतका व्यक्तिहरूले खुकुरी, ढुङगा र नाईनस्टिक समेत प्रहार गरी गम्भीर घाइते बनाई फरार भएकोमा परशुरामको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका९४ बाट पक्राउ गरेको  जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit