२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:३९:३४

 

श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित तीन पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०३:००:PM  
img-responsive

पर्सा, २७ चैत्र । श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका–१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।

वीरगंज महानगरपालिका–१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना।१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको बताएको छ ।

उनीहरू माथि  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit