२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:३८:१५

 

मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०२:४७:PM  
img-responsive

पर्सा, २७ चैत्र । मोटरसाइकल चोरी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ नगवास्थित ग्यारेजबाट ना.१२ प ९८०२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २० वर्षीय बिशाल मुखियालाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ बाईपास सडकमा उक्त मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको बिलबुक नरहेको हुँदा उक्त मोटरसाइकल सहित मुखियालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनले ग्यारेजमा रहेको सो मोटरसाइकल चोरी गरी ल्याएको खुल्न आएको जनाएको छ ।

उनीमाथि चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट दिन ७ म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit