२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:०५:०६

 

संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०२:४२:PM  
img-responsive

बाँके, २७ चैत्र । संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित लालिगुराँस होटेलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका–१ बस्ने ३२ वर्षीय खिमानसिंह रोका मगर समेत ४ जना बिहीबार राति पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटेलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit