२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:१५:३१

 

चोरीमा संलग्न ५ जना पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०२:३६:PM  
img-responsive

काठमाडौं, २७ चैत्र । चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना र चोरी गरेका सामान खरिद गर्ने १ जना गरी ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२९ बस्ने कुखुरे भन्ने २५ वर्षीय राजेश लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने नुवाकोट बेलकोट गढी नगरपालिका–७ घर भएका २५ वर्षीय भिम तामाङ, चन्द्रागिरी नगरपालिका९४ ठेगाना भई तारकेश्वर ४ बस्ने २३ वर्षीय रितेश लामा, तारकेश्वर बस्ने धादिङ सिद्धलेख ४ ठेगाना भएका बिलाष खतिवडा र चोरीका सामान किन्ने तारकेश्वर ४ बस्ने धादिङ धुनेबेशी ९ घर भएका २८ वर्षीय नवराज सदाशंकर रहेका छन् ।

टोखा नगरपालिका–८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभी सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल गत पुस १९ गते चोरी भएको घटनामा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट चोरी गरिएको टिभी, मोबाइल तथा सुनका गरगहना समेत प्रहरीले बरामद गरेको बताएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit