२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:५२:२९

 

७ वर्षीया बालिकालाई बलात्कार गर्ने एक पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २७, शुक्रबार,०२:२९:PM  
img-responsive

काठमाडौं, २७ चैत्र । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ४६ वर्षीय पुरुष पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारस्थित होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit