२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४१:२८

 

यातायात व्यवस्था कार्यालय परीक्षा समितिका अध्यक्ष सहित १९ माथि अख्तियारको मुद्दा

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २६, बिहीबार,०४:४२:PM  
img-responsive

काठमाडौँ, २६ चैत्र । भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगन्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसमेत १९ जना माथि परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगन्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अध्यक्षसहित १९ जनालाई नियन्त्रणमा लिएको थियो ।

तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशवराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देवकोटाले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

निवेदन सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा देहायका व्यक्तिहरूले गैरकानूनीरुपमा रकम आर्जन गरेको पुष्टि भएको थियो । उनीहरूमा माथि कानुन बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit