२०७८ वैशाख २९, बुधबार

img-responsive

०३:०८:११

 

एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्ने यी सचिव

सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २६, बिहीबार,०४:३७:PM  
img-responsive

 

काठमाडौँ, २६ चैत्र । महोत्तरीको साविक सिंग्याही गा.वि.स.का तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक श्री नारायण यादवमाथि अख्तियारले सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सिंग्याही गा.वि.स. का तत्कालीन सचिव सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई गराई सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सिंह र कार्यालय सहायक यादवको संलग्नतामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बदनियतपूर्वक ढङ्गले सरकारी रकम १२ लाख ४४ हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनीहरूमाथि कानुन बमोजिम माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit