२०७७ चैत २९, आइतबार

img-responsive

१२:१७:०५

 

पर्साको वीरगंज महानगरपालिका वडा नं. १५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा इकाई कमिटी गठन

गोठालो खबर
गोठालो खबर २०७७ चैत २६, बिहीबार,०८:५०:AM  
img-responsive

वीरगञ्ज सम्वाददाता,

वीरगञ्ज (पर्सा), २५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वीरगंज महानगरपालिका वडा नं. १५ वडा इकाई कमिटी गठन भएको छ। पार्टीका नेता अङ्गद ठाकुरको प्रमुख अतिथि तथा वीरगञ्ज महानगरपालिका वडा नं. १५ मा लालबाबु महतोको अध्यक्षता २१ सदस्य वडा इकाई कमिटी गठन भएको हो। 

वीरगञ्ज महानगरपालिका वडा नं. १५ मा भएको उक्त इकाइ कमिटी गठन कार्यक्रममा भिस्वा भेडियाही तथा लछुमणवाका युवाहरूको उल्लेखनीय सहभागितामा सहित भव्य तथा सभ्य रुपमा कार्यक्रम समपन्न भएको हो। उक्त कार्यक्रम भिस्वा डाँडामा सम्पन्न भएको थियो।  त्यस कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न बक्ताहरुले देशको राजनीति अन्यौलता तथा नेताहरु आफ्नो कर्तव्यबाट ओझेल भएर देश र जनतालाई खाल्टोमा पुर्ने र देशलाई अझ अँध्यारो तर्फ धकेल्न लागेको अवधारणा लगायतका विचारहरू व्यक्त गरेका थिए। पार्टीका केन्द्रीय सदस्य शम्भु चौरसिया, नेता अङ्गद ठाकुर, महानगर अध्यक्ष जलेशवर सरार्फ तथा जिल्ला सचिव अजय पौडेलले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

सो वडा इकाई कमिटी गठन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शम्भु चौरसिया, बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ, सचिव राजेश गुप्ता, जिल्ला सचिव अजय पौडेल, युवक सङ्गठनका अध्यक्ष दिपनारायण यादव, युवा नेता देवकुमार सरार्फ लगायतका व्यक्तित्त्वहरुको सहभागितामा रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com