२०७७ चैत २९, आइतबार

img-responsive

१२:३१:१२

 

समता र घरेलु लघुवित्तको एकीकृत कारोबार वैशाखबाट

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०२:२१:PM  
img-responsive

काठमाडौं, २५ चैत्र । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार बैशाख २ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै मर्जर भएको यी दुई संस्थाले २ गतेबाट एकीकृत कारोबार गर्ने भएको हो ।

दुबै वित्तीय संस्था एक आपसमा मर्ज हुने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति दिएपछि संस्थाको एकीकृत कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको जनाएको छ । संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वार्ड नं. ८ मा रहने संस्थाले जनाएको छ ।

संस्थाले २०७७ बैशाख २ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएकोले डाटा माइग्रेसनको लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाको बैंकिङ्ग कारोबार बन्द हुने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com