२०७७ चैत २९, आइतबार

img-responsive

१२:५३:१७

 

१३ वर्षीया बालिका बलात्कृत

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०२:०२:PM  
img-responsive

झापा, २५ चैत्र । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–१५ लक्ष्मी डाँडास्थित जङ्गलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com