२०७७ चैत २९, आइतबार

img-responsive

०१:३१:०२

 

३ किलो गाँजा, चरेससहित महिला पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०१:४५:PM  
img-responsive

बागलुङ, २५ चैत्र । अवैध लागूऔषध चरेस र गाँजा सहित पक्राउ महिला पक्राउ परेकी छिन् । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेस र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गए राति प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेस र गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com