२०७७ चैत २९, आइतबार

img-responsive

०१:०५:२१

 

पोखरामा मेगा बैंकले गर्‍यो क्यूआर कोड वितरण

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०१:३६:PM  
img-responsive

पोखरा, २५ चैत्र । मेगा बैंक नेपालले पोखराका व्यावसायिक पसलहरूमा क्यूआर कोड वितरण सुरु गरेको छ । बैंकले पोखराका व्यावसायिक पसलहरूमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको हो ।

लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरूबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले गरेका हुन् ।

यो ब्यवस्थासँगै पोखराका उपभोक्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने बैंकले विश्वास गरेको छ । बैंकको अनुसार नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढवा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ ।

क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com