२०७७ चैत २९, आइतबार

img-responsive

०१:२४:५५

 

धुम्बाराही तरकारी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०१:२९:PM  
img-responsive

काठमाडौं, २५ चैत्र । काठमाडौंको धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा नबिल बैंकले क्यूआर भुक्तानी सेवा संचालन गरेको छ । तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।

बैंकको अनुसार धुम्बराही तरकारी तथा फलफूल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्ने छन् ।

बैंकको अनुसार क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरू एवं बिक्री केन्द्रका व्यसायीहरु  लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com