२०७७ चैत २९, आइतबार

img-responsive

०१:४३:५९

 

सनराईज बैंकको क्यूआर कोड इ–रिक्सामा

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०१:१९:PM  
img-responsive

काठमाडौं, २५ चैत्र । सनराइज बैंकले टेम्पो र इ–रिक्सामा क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले विराटनगरको टेम्पो तथा इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको हो ।

बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले  विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकको अनुसार प्रथम चरणमा ७० वटा टेम्पो तथा इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको हो । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्ने बैकले जनाएको छ ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com