२०७७ चैत २९, आइतबार
१२:२६:५१
काठमाडौं, २५ चैत्र । रिलायन्स फाइनान्सको बैशाख २२ गते लैनचौर बैक्वेटबाट भर्चुअल माध्यमबाट साधारण सभा हुने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले बैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको हो ।
हाल ८३ करोड २४ लाख १६ हजार चुक्ता पुँजी रहेको यस कम्पनीको सभाले शेयर धनीलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । बोनस शेयर पारित भएपछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाइएको छ ।
सभामा लेखा परीक्षणको प्रतिवेदन पारित गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर गर्नको लागि आवश्यक प्रक्रियाको लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पेस हुने भएको छ ।
बैंशाख १० गते बुक क्लोज गर्ने भएकोले ९ गतेसम्म कायम भएका शेयर धनीले मात्र बोनस प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।