२०७७ चैत २९, आइतबार

img-responsive

१२:३६:५१

 

बाबुरामको भनाई अनुसार यसरी आउँदैछ ‘प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव’

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २५, बुधबार,०४:५४:AM  
img-responsive

काठमाडौं, २५ चैत्र । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् । उनले गृहजिल्ला गोरखा पुगेर अविश्वासको प्रस्ताव कसरी आउँदैछ भन्ने समेत उल्लेख गरे ।

बाबुरामको भनाई अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी मात्र नभई नेकपा एमालेको एक पक्षको साथ र सहयोगमा अविश्वासको प्रस्ताव अघि बढ्दैछ । एमालेको एक पक्ष भनेको माधवकुमार नेपाल समूह हो ।

सरकारको नेतृत्वको लागि काँग्रेस, माओवादी र जसपाको पनि दाबी हुने उनले खुलाए । तर, तीनै दलबीच सहमति बन्ने विश्वास व्यक्त गरे ।

जसपा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा कुनै सत्यता नभएको बताए । ओलीले अर्को पार्टीभित्र खेलेर सरकार टिकाउन खोजेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com