२०७७ चैत २९, आइतबार
१२:५०:५२
सुशान्त, सुर्खेत
सुर्खेत, २४ चैत्र। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएलको वीरेन्द्रनगर नगर कमिटी अध्यक्षमा धिरेन चन्द निर्वाचित भएका छन् ।
मंगलबार कर्णाली प्रदेशको राजधानीमा भएको नगर भेलाले चन्दलाई नगर अध्यक्षमा निर्वाचित गरेको छ । घरजग्गा कारोबारमा सक्रिय चन्द युवाहरूका माझ लोकप्रिय थिए । सुर्खेत युवाहरूको मनमा राम्रो छाप बनाएका चन्द समाजसेवीको रूपमा समेत परिचित छन् ।
वाइसीएल वीरेन्द्रनगर नगर अध्यक्ष भएपछि प्रतिक्रिया दिँदै चन्दले भने युवाहरू साथमा लिएर प्रदेशको राजधानीमा सुशासन,बेरोजगारी र युवा सहभागीको कुरा उजागर गर्ने बताएका छन् ।