२०७७ चैत २९, आइतबार
१२:००:२९
काठमाडौं, २४ चैत्र । केही दिनदेखि बढ्दै गएको नेप्से (मगलबार) आज पनि १५ अंकले बढेको छ । आज ०।५९ प्रतिशत अर्थात् १५।७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४।३४ अंकले बढेर ४७६। १८ उच्च विन्दुमा पुगेको छ ।
आज २१३ कम्पनीका ८१ हजार ७५५ पटक कारोबार भएर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
आज १२ उपसमूह मध्ये ६ वटा उपसमूहको पसिरसूचक घटेका छन् भने ६ वटा परिसूचक बढेका छन् । मंगलबार सबैभन्दा धेरै ५।६२ प्रतिशतले होटेलको सूचक बढेको छ ।
नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३९ करोड ८० लाख भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ करोड १० भन्दा बढीको कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशतले सबैभन्दा धेरै सूचक घटेको छ ।