२०७७ चैत २९, आइतबार

img-responsive

१२:३४:२३

 

भरुवा बन्दुक सहित दुई पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०४:४२:PM  
img-responsive

सिन्धुली, २४ चैत्र । भरुवा बन्दुक र बारुद सहित २ जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका–१ भुताहाबाट एकनाले भरुवा बन्दुक २ थान र करिब ५ सय ग्राम बारुद सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र ५० वर्षीय शंखलाल बल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले किशोर र शंखलाललाई आ९आफ्नो घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com