२०७७ चैत २९, आइतबार

img-responsive

१२:५६:५१

 

४२ वर्षीया महिलालाई बलात्कृत गर्ने २४ वर्षीय पुरुष पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०४:३८:PM  
img-responsive

तेह्रथुम, २४ चैत्र । ४२ वर्षीया महिलालाई बलात्कृत गरेको अभियोगमा एक पुरुष पक्राउ गरेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको जनाएको छ । हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com