२०७७ चैत २९, आइतबार

img-responsive

१२:११:१७

 

विवाह अगाडी गर्भवती भएका यी बलिउडका सुन्दरीहरू

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०४:१०:PM  
img-responsive

एजेन्सी, २४ चैत्र । बलिउडमा सुन्दर अनुहारहरू धेरै छन् । सुन्दर अनुहारमा जो कोही पनि आकर्षित हुनु स्वाभाविक हो । आकर्षक अनुहार भएकै कारण कलाकारहरूको रोमान्सको खबर आइरहन्छ । कयौपटक रोमान्सले हद पार गर्दा सुन्दर अभिनेत्रीहरू गर्भवती हुन पुगेका थिए ।

बलिउड अभिनेत्री दिया मिर्जाले दोस्रो विवाह गर्नुपुर्व नै गर्भवती भएकी थिइन् । अभिनेत्रीले सामाजिक सञ्जालमार्फत विवाह पहिले नै गर्भवती भएको स्पष्ट पारेकी थिइन् ।

यसैगरी, चर्चित अभिनेत्री श्रीदेवी बिरामी हुँदा बोनी कपरले धेरै सहयोग गरेको कारण मन जितेका थिए । उनीहरूले १९९६ मा अचानक विवाह गरेर सबैलाई आश्चर्यमा पारे । श्रीदेवी गर्भवती भएको कारण विवाह स्विकारेको खबर बाहिर आएको थियो ।

त्यस्तै, सेलिना जेटली पनि विवाह अगाडी नै गर्भवती भएपछि तुरुन्त प्रेमी पिटरसँग विवाह गरेकी थिइन् । उनले २ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

त्यस्तै, अर्की अभिनेत्री महिमा चौधरीले पनि गर्भवती भएपछि बाबी मुखर्जीसँग विवाह गरेकी थिइन् ।  मलाइका अरोराको बहिनी अमृता अरोराले पनि गर्भवती भएको कारण तुरुन्त व्यापारी शकीलसँग विवाह गरेकी थिइन् ।

फिल्म सुटिङको क्रममा कमल हासनसँग नजिकिएकी सारिकाले गर्भवती भएपछि विवाह गरेकी थिइन् । त्यस्तै, अभिनेत्री नीना गुप्ता पनि विवाह अगाडी नै गर्भवती भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com