२०७७ चैत २९, आइतबार

img-responsive

०१:२६:३५

 

वर्षा शिवाकोटीको जन्मदिन आज

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०३:०३:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । नेपाली चलचित्र क्षेत्रकी आशा लाग्दो नायिका हुन् वर्षा सिवाकोटी । आज उनको २८ औं जन्म दिन हो ।

‘नाई नभन्नु ल २’बाट फिल्म क्षेत्रमा डेब्वु गरेकी वर्षाले लगतै दोस्रो फिल्म ‘पशुपति प्रसाद’ मा अभिनय गरेकी थिइन् । ‘पशुपति प्रसाद’ सफल फिल्म हो । विराटनगरमा जन्मिएकी वर्षले बि.बि.ए सम्म अध्ययन गरेकी छिन् । पछिल्लो समयमा उनले अभिनय गरेको फिल्म ‘बीर बिक्रम २’ खासै दर्शकको मन जित्न सकेन । उनका फिल्मले सफलता नपाए पनि उनी भने सधैँ चर्चामा हुने गर्छिन् ।  प्रेम सम्बन्धको कारण पनि चर्चा आउने वर्षा अहिले कटुवाल चलचित्र विकास बोर्डका सदस्य राज कटुवालको प्रेममा रहेको खबर बाहिरिएको छ । यस पटकको होली पनि उनीहरूले सँगै मनाएका थिए ।

प्रेमी राज कटुवालले सामाजिक सञ्जाल फेसबुकमा दुई जनाको फोटो शेयर गर्दै वर्षालाई जन्मदिनको शुभकामना दिएका छन् ।  तस्वीरः वर्षा शिवाकोटीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com