२०७७ चैत २९, आइतबार

img-responsive

१२:५३:५३

 

मुक्तिनाथ बैंकले १ अर्ब २५ करोडको ऋणपत्र जारी गर्ने

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,०१:२१:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । मुक्तिनाथ विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँको बराबरको ऋणपत्रमा जारी गर्न लागेको हो ।

प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा १२ लाख ५० हजार कित्तामा व्यक्तिगत तवरबाट ७ लाख ५० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख कित्ता बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार सर्वसाधारणको लागि छुट्टाइएको ५ लाख कित्ता मध्ये २५ हजार कित्ता म्युर्चुअल फण्डको लागि छुट्टाइएको छ ।  बाकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले ऋणपत्रको बिक्री तथा प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com