२०७७ चैत २९, आइतबार
०१:१२:३०
काठमाडौं, २४ चैत्र । ग्लोबल आइएमई बैंकले ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले सोमबार १० वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको जनाएको छ ।
बैंकले कुल ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत र संघसंस्थालाई र १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरेको हो ।
चैत्र १ गतेबाट ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।