२०७७ चैत २९, आइतबार
०१:३१:३६
काठमाडौं, २४ चैत्र । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको (बुधबार) भोलि साधारण सभा हुने भएको छ । संस्थाले सप्तरीस्थित केन्द्रीय कार्यालयमा सभा गर्ने भएको हो ।
भोलि बस्ने सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । यसको साथै सभाले ०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक पनि निर्धारण गर्ने भएको छ ।
हाल १८ करोड ६६ लाख २० हजार पुँजी रहेको कम्पनीले सभामा प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ ।