२०७७ चैत २९, आइतबार

img-responsive

१२:०९:१९

 

रु रु जलविद्युतको आईपीओमा आज सम्म आवेदन दिन सकिने

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २४, मङ्गलबार,१२:११:PM  
img-responsive

काठमाडौं, २४ चैत्र । रु रु जलविद्युत परियोजनाले जारी गरेको आईपीओमा आवेदन दिन आज अन्तिम हो । चैत्र २० गतेदेखि १०० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल कित्तामध्ये कर्मचारीहरूको लागि ८ हजार १५४ कित्ता, सामूहिक लगानी कोषका लागि २० हजार ३८५ कित्ता शेयर छुट्टाएको छ । बाकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

आवेदन दिन इच्छुकहरूले शेयर खरिदको लागि चैत्र २४ गते ९आज० सम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ । आवेदकहरूले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरूबाट आवेदन दिनसक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com