२०७८ वैशाख २९, बुधबार

img-responsive

०१:३४:०२

 

अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनिएका आशिषको श्रद्धाञ्जली सभा सम्पन्न, तराई अस्पताललार्ई कारबाही गर्न आफन्तको माग

गोठालो खबर
गोठालो खबर २०७७ चैत २३, साेमबार,०९:२०:PM  
img-responsive

वीरगंज सम्वाददाता, 

वीरगंज, २३ चैत्र । सवारी दुर्घटना भए पश्चात् असपताल भर्ना गरिएका आशिष यादवको अस्पतालमै मृत्यु भएको थियो। उनको मृत्युलाई अस्पतालको लापरबाही भनिएको छ भने मृतकका आफन्तहरुले आशिष भर्ना गरिएको तराई अस्पताललाई कारबाहीको माग समेत गरेका छन्। आज मृतक आशिषको १२ औं पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । युवा समाज पर्साले सोमबार साँझ एक कार्यक्रमकाबिच वीरगंजको घण्टा घरमा यादवको श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । 

श्रद्धाञ्जली सभामा युवा समाज पर्साका अध्यक्ष विनोद, युवा समाजका उपाध्यक्ष विवेक यादव, सचिव लक्ष्मण यादव, कोषाध्यक्ष नगिना यादव, सदस्यद्वय हरेन्द्र यादव, अनिल यादव, रबिन्द्र यादव, सल्लाहकार रबिन्द्र यादव, मृतकका आफन्त लगायत युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा समाजका अगुवाहरूले आशिष यादवको घटना बारे आफूहरू गम्भीर भएको बताउँदै घटना संलग्न दोषीलाई छानबिन प्रक्रियाबाट कारबाहीको दायरामा ल्याई दण्ड दिलाउने कार्यमा आफूहरूले पहल गर्ने बताए । वीरगंज लगायत आसपासका ठाउँहरूमा सवारी साधनको चाप बढ्दो रहेकोले सवारी साधन चलाउँदा सतर्क र सचेत भई चलाउन वक्ताहरूले आग्रह गरेका थिए । 

कार्यक्रममै बोल्दै मृतक आशिष यादवका जेठो दाइ रामा यादवले सावरी दुर्घटनाले अवस्था गम्भीर नभए पनि अस्पतालको लापरबाहीले मृत्यु भएको बताउँदै अस्पताललाई कारबाही गराई आफूहरूलाई न्याय दिलाउन यादव युवा समाजसंग अपिल गरे । उनले अस्पतालको लापरबाहीको कारण आशिषको मृत्यु भए पनि घटनालाई दबाउने खेल भइरहेको बताए । आशिषको मृत्यु पछि प्रदर्शनको क्रममा अस्पतालको झ्याल ढोकामा ढुङ्गामुढाले केही सामान्य क्षति भए पनि अस्पतालले रु. १५ लाखको क्षति भएको दाबीसहित मुद्दा दिई घटनालाई दबाउन मुख्य व्यक्तिलाई नै फसाउन खोजेको आरोप लगाएका छन् । सामान्य बिरामी भएकाहरूको पनि तराई अस्पतालमा भर्ना भएकाहरु अस्पतालकै लापरबाहीको कारण मृत्यु भएको घटना धेरै पटक सार्वजनिक भइसकेको भन्दै अस्पताललाई कारबाही गर्न माग समेत गरिएको छ ।  

वीरगन्जस्थित बहुअरी चौकमा ना ३ ख ३९९२ नम्बरको कन्टेनरको ठक्करबाट घाइते भएका ना ४३ प ५८३४ नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिकाको वडा नं. २० हरपतगन्ज निवासी २५ वर्षीय आशिष यादवलाई उपचारका लागि तराई अस्पतालमा लैजाँदा एक्स–रे गराउन चिकित्सकले भनेपछि तत्काल पैसा नहुँदा अस्पतालले एक्स-रे गर्न नमानेको कारण उपचारमा ढिलाइ भएर चैत १२ गते बिहीबार यादवको मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तजनले उतिबेला अस्पतालमा ढुङ्गामुढा गर्नुको साथै चिकित्सकको विरोधमा प्रदर्शन पनि गरेका थिए । 

'अस्पतालले उपचारको लागि पु¥याएको बिरामीको मृत्यु भएपछि ‘उपचारको क्रममा मृत्यु भयो’ भन्ने सजिलो जवाफ दिनु निजी अस्पतालका लागि सामान्य विषय बनेको छ । चाहे बिरामीको अवस्था सामान्य नै किन नहोस्, चिकित्सकहरूको लापरबाहीले मृत्यु भए पनि गम्भीर अवस्थामा अस्पताल पु¥याइएकोले बचाउन सकिएन । उपचारको क्रममा मृत्यु भयो भन्ने सहज जवाफ अस्पतालले दिने गरेको छ।,’ मृतकका आफन्तले भने। 

एक पटक होइन, पटक–पटक अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको घटना भएको कारण विरोध हुँदा समेत प्रशासनले उक्त अस्पताललाई कारबाहीको दायरामा ल्याउन नसक्नुले अस्पताल तथा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भई वीरगन्जमै धेरै पटक आन्दोलन तथा विरोध प्रदर्शन समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit