२०७७ चैत २९, आइतबार
०१:२३:५१
काठमाडौं, २३ चैत्र । साताको कारोबारको दोस्रो दिन आज नेप्से १.१३ अंकले बढेर २६ सय ५८ दशमलव ७४ उच्च विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले बढेर ४७१.८४ विन्दुमा पुगेको हो ।
नेप्से परिसूचक अनुसार आज २१२ कम्पनीको ७३ हजार ५९८ पटक कारोबार भएर ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको १ करोड ५८ लाख ५३ हजार ९३३ कित्ता शेयर खरिद बिक्री भएको छ ।
आज सबै भन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मूल्य ९ सय ८ रुपैयाँ कायम भएको छ ।