२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:२२:०६

 

आज २६६ संक्रमित थप, ४ जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २३, साेमबार,०६:०८:PM  
img-responsive

काठमाडौं, २३ चैत्र । नेपालमा कोरोना भाइरसका आज २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ सय २ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २२ लाख ८९ हजार ८ सय २४ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । आज २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit